
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको हो । बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको प्रस्ताव अनुमोदन गरेको हो ।
केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, उपाध्यक्षमा कृष्णबहादुर महरा र महासचिवमा देव गुरुङ छन् । यस्तै उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेल चयन भएका छन् ।
यसैगरी सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल प्रशान्त तोकिएको माओवादीले जनाएको छ । अध्यक्षमा प्रचण्ड, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा भने यसअघि नै सर्वसम्मत भएका थिए । महासचिवमा भने जनार्दन शर्मा र वर्षमान पुन आकांक्षी थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij