
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । नागढुङ्गाबाट करिब ६ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजाको धुलोसहित अर्जुन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ९०५१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा सवार अर्जुनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij