Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

होस्टल व्यवसायीहरुको सूर

'स्वास्थ्य सतर्कता अपनाउँदै होस्टल खोल्ने तयारी'

'स्वास्थ्य सतर्कता अपनाउँदै होस्टल खोल्ने तयारी'

  • ललितपुरको सातदोबाटोस्थित पिस जोन गल्र्स होस्टल र सुरिभा गल्र्स होस्टलकी सचालिका हुन् सुनिता बाटाजु । कोरोना कहरले थलिएको होस्टल व्यवसाय पुनः तंग्रिने विश्वासमा छन् होस्टल व्यवसायीहरु । नेपाल सरकारले शैक्षिक संघसंस्था स्वास्थ्यको मापदण्ड अपनाएर खुलाउने तयारी गरेपछि होस्टल व्यवसायी उत्साहित बनेका हुन् । कोरोना कहरका बिच होस्टल व्यवसायमा देखिएको समस्याका बारेमा नेपाल होस्टल एसोसिएसन ललितपुरका निवर्तमान अध्यक्ष सुनिता बाटाजुसँग अनलाइन पत्रिकाले गरेको सम्वादको संपादित अंश । 

    तपाईँले नेपाल होस्टल एसोसिएसन ललितपुरको दुई कार्यकाल अध्यक्षको भूमिकामा रहेर नेतृत्व गर्नुभयो । होस्टल व्यवसायको अवस्था कस्तो छ ? 

    कोरोना कहरका कारण होस्टल व्यवसाय थलिएको छ । धेरै होस्टलहरु बन्द भएका छन् । होस्टल व्यवसायीहरु निराश भएका छन् । विश्वभर नै आर्थिक पाटो डामाडोल बनेको छ । यसमा नेपाललाई पनि नराम्ररी झस्काएको.छ । हरेक क्षेत्रमा कोरोनाले प्रभाव पारेको छ । 

    कोरोना कहरमा होस्टल संचालित घरमा घरभाडा छुटका समाचारपनि आएकै हो । घरभाडा छुटले सहज गरिदिएको हो ? 

    एकदम राम्रो विषय उठाउनुभयो । होस्टल रहेको घरका घरधनीले धेरैले असहज समयमा सहज ढंगले सहयोगी बने । ती घरधनीप्रति हामी आभारी छौं । तर धेरै घरधनीको मन पग्लिएन । यसकारण होस्टल व्यवसायलाई नै बन्द गर्नुपर्ने अवस्थाको सामना गर्नुपरेको घटनापनि सत्य नै हो ।  

    होस्टल व्यवसायी पुनः होस्टल खोल्ने तयारी गरिरहेका छन् नी, होइन ?

    एकदम सही हो । नेपाल सरकारबाट शैक्षिक संघसंस्था खुलाउने सूचना र कार्यविधि आएपछि होस्टल व्यवसायी उत्साहित भएका छन् । होस्टल व्यवसायी पुनः जुर्रमुराउने तयारीमा छन् । कोरोनाकै कारण धेरैले होस्टल बेचे । होस्टल नचलाउने निर्णयसहित सरसामानहरुलाई लथालिंङ पारे । निराश हुँदै धेरैले होस्टल व्यवसायबाट हात झिके । तर अहिले फेरि होस्टल व्यवसायीहरु जुट्न खोज्दैछन् । 

    होस्टल व्यवसायमा अहिलेको सुखद समाचार के छ ? 

    होस्टल व्यवसायीहरुले विद्यार्थीहरुलाई भर्ना लिन थालेका छन् । मसँग सम्पर्कमा रहेका ललितपुरका करिब ४० व्यवसायीहरुमा धेरैले खुशीको समाचार सुनाएका छन् । विद्यार्थीहरुको ताकेता र होस्टलमा भर्नाका लागि आइरहेको खबर सुनाएका छन् । यो सूचनालाई मैले एकदम खुशीको रुपमा लिएको छु ।  

    भनेपछि, अहिले ढुक्कले होस्टल व्यवसाय शुरु गर्न सकिन्छ ?

    कोरोनाको कहर बढ्दो छ । यसमा बीचमा व्यवसायमा धेरैको लगानी छ । यो व्यवसायमा सक्रिय पुराना व्यवसायीहरु यसैमा जुट्नुपर्ने अवस्था छ । यसकारण सुरक्षाको मापदण्डलाई पूर्णतया पालना गर्नुपर्छ । यसलाई आत्मसात गरेर सुरक्षित शैलीमा होस्टल शुरु गर्न सकिन्छ । होस्टलमा बस्न आएका छात्रछात्रालाई सुरक्षित रहन सुरक्षाका उपायहरु अपनाउन सघाउने र खानपिनका लागि प्याकेजिङको व्यवस्थापन गर्नेआदि उपायहरु अपनाउन सकिन्छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij