
Apr 19 2025 | २०८२, वैशाख ६ गते
अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा बम विस्फोट हुँदा प्रमुख धर्मगुरुसहित कम्तीमा २० जनाको मृत्यु भएको छ । विस्फोटमा ४० जना घाइते छन् । घाइेत हुनेमा कैयौं बालबालिका छन् ।
तालिवानले सत्ता कब्जा गरेको एक वर्षपछि धार्मिकस्थलमा भएको आक्रमणको जिम्मेवारी भने हालसम्म कसैले लिएको छैन । सिद्दिकिया मस्जिदलाई लक्षित गरी बुधबार साँझको प्रार्थनाको समयमा आत्मघाती विस्फोट गराइएको हो ।
विस्फोटमा घाइते भएकामध्ये ५ बालबालिकासहित २२ जनालाई घटनास्थलबाट इटालियन आपत्कालीन अस्पतालले उद्धार गरी उपचार गराइरहेको जनाइएको छ ।तालिवान प्रवक्ता जबिहुल्लाह मुजाहिदले विस्फोटको निन्दा गर्दै अपराधीले चाँडै सजाय पाउने बताएका छन् ।
इस्लामिक स्टेट समूहका स्थानीय सहयोगीले तालिवान र सर्वसाधारणलाई लक्षित गर्दै पछिल्लो समय अफगानिस्तानका विभिन्न क्षेत्रमा आक्रमण बढाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij