
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाण्डौ । रौतहटमा बिहान ५ बजे भएको दुर्घटनामा तीन जनाको ज्यान गएको भने एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार चन्द्रपुर नगरपालिका(२ लच्कामा काठमाण्डौबाट सर्लाहीका लागि छुटेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बसले प्रदेश(२(०२–००१ ह २१०९ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा रिक्सा चालकसहित तीन जनाको ज्यान गएको हो ।
रिक्सा चालक सर्लाहीको वाग्मती नगरपालिका(२ सोल्टीका ३८ वर्षका रवि मगर र रिक्सामा चढेका त्यहीँ ठाउँका ४५ वर्षका ढकबहादुर लुङ्गेली, ३८ वर्षका प्रेम ठाडामगरको ज्यान गएको प्रहरीले जनाएको हो । ज्यान गुमाएका ढकबहादुर लुङ्गेलीकी श्रीमती घाइते भएकी छिन् ।
थप उपचारका लागि उनलाई चन्द्रपुर अस्पतालबाट वीरगञ्जको न्युरो अस्पतालमा रेफर गरिएको छ । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij