Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

जीप दुर्घटना, तीनको मृत्यु १५ घाईते

जीप दुर्घटना, तीनको मृत्यु १५ घाईते

  • काठमाडौँ । प्युठानको नौबहिनी गाउँपालिका– ६ खहरेखोलामा आईतबार जीप दुर्घटनामा एकैघरका दुई नावालिकासहित ३ जनाको मृत्यु भएको छ ।
     
    लु १ ज १५४५ नं.को जीप दुर्घटना हुँदा नौबहिनी ५ डामृ निवासी जीप चालक २५ वर्षीय लुकेश थापा सहित रेमसरा बुढा मगरको छोरी चार वर्षीया करुणा बुढा र २५ दिनका नावालिका चेतना बुढा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो ।

    images
    images
    images

    प्रहरी नायब उपरीक्षक  थापाका अनुसार घाइतेको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो । दुर्घटनाका घाईते भएका १५ जनाको बिजुवार अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । अनियन्त्रित हुँदा जीप दुर्घटना भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij