Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

१५ कांग्रेस नेताविरुद्ध कारबाही तयारी

१५ कांग्रेस नेताविरुद्ध कारबाही तयारी

  • काठमाडौँ ।  नेपाली कांग्रेस जाजरकोटले कारबाहीका लागि जिल्ला र स्थानीयस्तरका १५ नेता–कार्यकर्तालाई स्पष्टीकरण मागेको छ । गत स्थानीय तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन सहयोग गरेको र निष्क्रिय भई बसेको आरोप आएपछि कारबाहीका लागि स्पष्टीकरण माग गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    जसका लागि जिल्ला उपसभापति खडकबहादुर बुढाको संयोजकत्वमा अनुशासन समिति गठन गरिएको थियो । उनले उम्मेदवारसहित वडा र पालिका कार्यसमितिबाट निर्णय भएकाले ती नेताहरूलाई स्पष्टीकरण सोधिएको बताए ।

    AGNI GROUP

    स्पष्टीकरण माग गरिएकामा कर्णाली प्रदेश कार्यसमिति सहमहामन्त्री रामछाया कुमारी, प्रदेश कार्यसमिति सदस्य कमलदीप पुन, भुमबहादुर रोकाय, कुशे–९ का मोतीराम गौतम, जिल्ला सदस्यहरू धनसरा शाही, चित्रबहादुर शाही, कल्दर सिंहसहित १५ जना छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट