
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । सर्लाहीमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवका अनुसार मृत्यु हुनेमा हरिवन नगरपालिका ११ मा बस्ने ३८ वर्षीय गुरुप्रसाद ढुंगेल रहेका छन् ।
ना.३३प २२९५ नम्बरको मोटरसाइकलमा सबार ढुंगेललाई हरिवन नगरपालिका १० स्थित नयाँ रोडमा बा.७च ९२२२ नम्बरको कारले ठक्कर दिएको थियो । सो दुर्घटनामा उनी गम्भिर घाइते भएका थिए ।
प्रहरीका अनुसार उनको हरिवनमै प्राथमिक उपचारपछि वीरगञ्ज पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij