Jun 04 2026 | २०८३, जेठ २१ गते
भारतकाे उत्तर प्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथलाई ज्यान मार्ने धम्की आएकाे छ। लखनउ प्रहरीकाे हेल्पलाइनमा मुख्यमन्त्री आदित्यनाथलाई ज्यान मार्ने धम्की आएकाे हाे।
लखनाउ प्रहरीका अनुसार आदित्यनाथलाई बमले उडाउने धम्की आएकाे हाे। डायल-११२ हेल्पलाइनको ह्वाट्सएप नम्बरमा शाहिद नामका व्यक्तिले अगस्ट २ मा उक्त सन्देश पठाएको प्रहरीले जनाएको छ ।
हेडक्वार्टर स्टेसन कमाण्डर सुभाष कुमारले त्यहाँ सुशान्त गल्फ सिटी पुलिस स्टेसनमा सोमबार एफआइआर दर्ता गराइसकेका छन्। आरोपितलाई पक्राउ गर्न विभिन्न टोली गठन गरिएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij