Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । भवन निर्माण सम्बन्धि ललितपुर महानगरपालिकाले नयाँ मापदण्ड लागू गरेको छ । १५ साउनदेखि लागू गरेको नयाँ मापदण्ड अनुसार अब १७ मिटर उचाइसम्म आवासीय तथा व्यापारिक भवनहरुमा संधियारतर्फ भेन्टिलेसन नराख्ने भएमा टाँसिएको भवन निर्माण गर्न दिने उल्लेख छ ।
२०७२ सालको भूकम्पपछि ललितपुर महानगरपालिकाले टाँसिएर घर बनाउन अनुमति दिएको थिएन । १७ मिटर अर्थात् ५ तल्ला बुझिन्छ ।
यस्तै दुई तल्लासम्मको भूमिगत तल्ला निर्माण गर्नका लागि चारैतर्फ कम्तीमा २ मिटर र माटोको अवस्था हेरी जियोटेक्निकल इन्जिनियरले वरिपरिको सुरक्षाका लागि डिजाइन गर्ने प्रोटेक्सन सिस्टमलाई आवश्यक दुरी छोडेर मात्रै निर्माण स्वीकृत दिइने महानगरले बताएको छ ।
महानगरमा ‘एफएआर’ (फार) मा छुट दिइँदै आइरहेको सबै तल्लाको भवनमा ‘एफएआर’मा गणना हुने भएको छ । तर सबैभन्दा माथिल्लो तल्लामा भर्याङ मात्र भएमा ‘एफएआर’ गणना हुने छैन ।
वस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण दोस्रो संशोधित मापदण्ड २०७८ को संशोधन २०७९ जेठ १६ गते अनुसार महानगरले नयाँ मापदण्ड ल्याएको ललितपुर महानगरपालिकाका सहरी विकास तथा पूर्वाधार महाशाखाका इन्जिनियर बलराम महर्जनले बताए । उनले १५ साउनदेखि मापदण्डविना नक्सा पास नहुने समेत बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij