
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागूऔषधसहित चारजनालाई पक्राउ गरेको छ । प्रहरीले दुईजना महिला र दुई जना पुरुषलाई पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको टोलीले हेटौंडा–४, चिल्ड्रेनपार्कस्थित चौतारी होटलबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले हेटौंडा–२ का ४९ वर्षीय राजेश श्रेष्ठ, हेटौंडा–४ का ५४ वर्षीय रामकाजी श्रेष्ठ, हेटौंडा–१३ की २६ वर्षीया आहाना भन्ने अल्बिना तामाङ र हेटौंडा–१२ घर भर्इ हाल हेटौंडा–११ मा डेरामा बस्ने २५ वर्षीया इशा घलानलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट १३ बोतल कोरेक्स फेला पारेको जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij