
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । पोखरा–हेमजा सडकखण्डमा आइतबार राति ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पोखराबाट हेमजातर्फ जाँदै गरेको ग१७ प १९७० नम्बरको मोटरसाइकललाई ग१क ५१५२ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने बित्तिकै मोटरसाइकलमा आगलागी भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुने मोटरसाइकल चालक माछापुच्छ्रे गाउँपालिका लाहाचोकका २७ वर्षीय नवराज नेपाली हुन् । ठक्करपछि मोटरसाइकलमा भएको आगलागीका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ । मोटरसाइकलमा आगलागी भएपछि निभाउने प्रयास गर्दा ठक्कर दिने ट्रक ड्राइभर पनि घाइते भएका छन् । आगो निभाउने लागि परेका ट्रकमा सवार क्षेत्रबहादुर कुँवर पनि घाइते भएका छन् ।
ट्रक चालकलाई प्रहरी नियन्त्रणमा लिइएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij