
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाले डेढ सयभन्दा बढी नगर प्रहरी भर्ती गर्ने भएको छ । महानगरले १६४ जना नगर प्रहरी करारमा भर्ती गर्ने निर्णय गरेको हो ।
फुटपाथ अतिक्रमण नियन्त्रण र सहरी व्यवस्थापनमा अहिलेको जनशक्ति पर्याप्त नभएको निष्कर्ष नगर प्रहरीले निकालेको थियो । त्यसकै आधारमा महानगरपालिकाले जनशक्ति थप्ने तयारी गरेको हो ।
काठमाडौं महानगरका सहायक प्रवक्ता महेश काफ्लेका अनुसार करार सेवा वा सेवा करार प्रणालीबाट प्रहरी राख्ने भन्ने निर्णय भइनसकेको बताउँछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij