
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । प्रहरीले वीरगञ्जमा एटीएम मेसिन फुटाएर चोरी गर्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ ।
बाराको कलैया उपमहानगरपालिका बस्ने २७ वर्षीय राजकपुर चौधरी र जीतपुरसिमरा उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय अजय चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
साउन ८ गते राति १०ः५३ बजेतिर वीरगञ्ज महानगरपालिका-८ स्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।
एटीएम मेसिन फुटाउँदै गरेको छ भन्ने जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले फुटाउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूविरुद्ध चोरी सम्बन्धी कसुरमा साउन ९ गते पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij