
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ। भारतको नयाँ राष्ट्रपतिमा निर्वाचित द्रौपदी मुर्मुले आज (सोमबार) पद तथा गोपनियताको शपथ लिनुभएको छ । मुर्मुले सोमबार बिहान एक विशेष समारोहकाबीच पद तथा गोपनियताको शपथ लिनुभएको हो । प्रधानन्यायाधीश एनबी रमणले मुर्मुलाई राष्ट्रपतिको पद तथा गोपनियताको शपथ गराउनुभयो ।
भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित ६४ वर्षीय मुर्मु भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बन्नुभएको हो । उहाँले सोमबारदेखि कार्यभार सम्हाल्नु हुने भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij