Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेपाललाई भारत सरकारले प्राकृतिक विपद् घटनामा प्रयोग सामग्रीहरु सहयोग गरेको छ। भारतीय राजदुत नविन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाँणलाई प्राकृतिक विपद्जन्य घटनामा प्रयोग हुने र्याफ्टिङ, त्रिपाल लगायतका सामग्रीहरु हस्तान्तरण गरेका हुन्।
भारतले ३ हजार टेन्ट्स, १० इन्प्लेटिबल रबराईज बोट्स लगायतका विपद्का बेला प्रयोगमा आउने विभिन्न सामग्री हस्तान्तरण गरेको छ। हस्तान्तरण कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले नेपाल र भारत मिलेर नै प्राकृतिक विपद्का घटनाहरुको सामना गरिरहेको निरन्तर सहयोगको अपेक्षा गरेको बताए।
राजदुत श्रीवास्तवले विपद्को सामना गर्नको लागि आवश्यक क्षमता विकास गर्नपनि भारतले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij