
Apr 05 2025 | २०८१, चैत २३ गते
काठमाडौँ । बजेट ल्याएको २९ दिनपछि सुदूरपश्चिम प्रदेश सरकारले प्रतिपक्षी दलसँग बजेटमाथि छलफल गर्ने वातावरण बनाउन भन्दै छलफल सुरु गरेको छ । बुधबार बिहान सरकार र प्रतिपक्षी तीन दल (नेकपा एमाले, लोसपा र जसपा) बीच बजेटका असहमति बारेमा छलफल भएको हो ।
तर, छलफलले समस्याको हल भने निकाल्न सकेको छैन । प्रतिपक्षी दलहरूले सरकारले सदनमा प्रस्तुत गरेको बजेट सशोधनसहित १४ बुँदे माग अघि सारेको थियो । सो विषयमा केहीबेर सामान्य छलफल भए पनि ठोस निचोड ननिस्केको एमाले संसदीय दलका उपनेता पठानसिंह बोहराले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij