
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ । सोमबार राति स्कट्ल्यान्डको न्यु काम्बसडनमा सम्पन्न खेलमा पराजित भएसँगै नेपालले त्रिकोणात्मक एकदिवसीय शृंखलामा हारबाट सुरुवात गरेको हो ।
२२१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १८० रनमा समेटियो । हारसँगै नेपाल डिभिजन लिग २ को अंक तालिकाको छैटौँ स्थानमा झरेको छ । नेपालले १७ खेलमा १५ अंक जोडेको छ । नामिबिया १६ खेलमा १६ अंक जोडेर पाँचौँ स्थानमा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij