
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ। एमालेले नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन भत्काउन कुनै गाह्रो नभएको निष्कर्ष निकालेको छ । सत्ता गठबन्धन भत्काउन कुनै गाह्रो नभएको निष्कर्ष निकाले पनि एमालेले अन्तरपार्टी निर्देशन-४ मार्फत तत्काल त्यसतर्फ नलागेर भरपर्दो सहयात्री खोज्नेसमेत जनाएको छ ।
एमाले अध्यक्ष केपी ओलीले गठबन्धनको मनोवैज्ञानिक त्रासबाट मुक्त हुन पनि आग्रह गरेका छन् । ‘गठबन्धन रहिरहेसम्म हामी केही गर्न सक्दैनौं रनयाँ गठबन्धनबिना हामी अगाडि बढ्नै सक्दैनौं भन्ने मनोविज्ञानलाई बदल्न जरुरी छ,’ ओलीद्वारा जारी अपानिमा भनिएको छ, ‘हाम्रो पङ्क्तिलाई आफ्नो शक्तिमाथि भरोसा दिलाउन जरुरी छ, आत्मविश्वास बढाउन जरुरी छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij