
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडाैँ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपालले नामिबियासँग खेल्दैछ। आइतबारदेखि स्कटल्याण्डमा सुरू भएको सिरिजको दोस्रो खेलमा नेपालले पहिलो खेल नामिबियासँग खेल्न लागेको हो ।
नेपाल र नामिबियाबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे काम्बसडनमा सुरू हुनेछ। लिग टु मा नेपाल र नामिबियाबीच एक अंकको मात्र अन्तर छ । नेपाल १६ खेलबाट १५ अंकसहित पाँचौ स्थानमा छ। १५ खेल खेलेको नामिबिया १४ अंकसहित छैठौं स्थानमा छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij