Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक आज बस्ने भएको छ । भोलि सुरु हुने केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल गर्ने यो समूहको बैठक बस्न लागेको हो।
बालुवाटारस्थित डा. कोइरालाको सम्पर्क कार्यालयमा दिउँसो एक बजे बस्ने बैठकमा आफ्नो समूहको एकीकृत धारणा बनाउन छलफल हुने बताइएको छ।
सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी कार्यालय सानेपामा पार्टी पदाधिकारी बैठक बोलाएका बेला शेखर समूहको छुट्टै बैठक बालुवाटारमा बस्ने भएको हो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij