Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

  • काठमाडाैँ । बलात्कार आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन् । धनकुटाको शहीदभूमि गाँउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष  सन्तोष राईलाई पक्राउ गरेका हन् ।  जबरजस्ती करणी गरेको भन्दै युवतीले उजुरी दिएपछि प्रहरीले राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरीले जानकारी दिए । 

    images
    images
    images

    असार २४ गते होटल लगेर बन्धक बनाएको भन्दै युवतीले जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दिएकी थिइन् । तेह्रथुमको वसन्तपुरमा रहेको ताप्लेजुङ होटलमा बन्धक बनाएर बलात्कार गरेको युवतीले आरोप लगाएकी छन् ।  

     घटनास्थल तेह्रथुम भएकाले राईलाई तेह्रथुम पठाउने तयारी भइरहेको धनकुटा प्रहरीले जनाएको छ । राई नेपाली कांग्रेसबाट वडाअध्यक्षमा जितेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij