
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ। प्रधानमन्त्री देउवासँग सिएनआई टोलीको भेटवार्ता भएको छ ।
नेपाल उद्योग परिसंघ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नवप्रवर्तन उद्यम प्रोत्साहन लगायतका विषयमा छलफल भएको छ । रिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले विहिबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको हो ।
परिसंघले मुलुकको पछिल्लो आर्थिक अवस्था र सुधार्न चालिनुपर्ने कदम, बजेट कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जनाइएको छ ।
यस्तै लगानीयोग्य रकमको अभाव र समाधानका लागि आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गर्न चालिनुपर्ने विषय, विदेशी विनिमय संचिति, लगानी प्रबद्र्धन गर्न तत्काल एवं दीर्घकालीन रुपमा लिइनुपर्ने नीतिका विषयमा समेत छलफल भएको बताइएको छ ।
छलफलमा परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरू कृष्णप्रसाद अधिकारी, वीरेन्द्रराज पाण्डे, महानिर्देशक दीपकराज जोशी, सिएनआईका पूर्व अध्यक्ष चाङ अग्रवाललगायतको सहभागिता थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij