Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ। गोली लागेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला ६७ वर्षका आबेमाथि गोली प्रहार भएको थियो ।
यही जुलाई १० तारिखमा हुने माथिल्लो सदनको चुनावी अभियान अन्तर्गत आज बिहान नारा सहरमा भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको थियो।
गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि बेहोस भएका उनको उपचारकै क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री रहेका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij