Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

गोली लागेका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

गोली लागेका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

  • काठमाडौँ। गोली लागेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला ६७ वर्षका आबेमाथि गोली प्रहार भएको थियो ।

    images
    images
    images

    यही जुलाई १० तारिखमा हुने माथिल्लो सदनको चुनावी अभियान अन्तर्गत आज बिहान नारा सहरमा भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको थियो। 

    गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि बेहोस भएका उनको उपचारकै क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

    आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री रहेका थिए। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij