Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चिरीबाबुलाई पार्टी प्यालेस व्यवसायीहरूको प्यार 

चिरीबाबुलाई पार्टी प्यालेस व्यवसायीहरूको प्यार 

  • ललितपुर । ललितपुर रेन्टल क्याटरिंग तथा पार्टी प्यालेस व्यवसायी संघले ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन तथा उपप्रमुख मञ्जली शाक्यलाई बधाई र सम्मान पत्र प्रदान गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    संघले आज प्रमुख तथा उपप्रमुखकाे कार्यकक्षमा पुगेर दुवैलाई शुभकामना तथा सम्मान पत्र प्रदान गरेको संघका कोषाध्यक्ष बाबुराजा ज्यापुले अनलाइन पत्रिकालाई बताए ।

    AGNI GROUP

    सो क्रममा समसामयिक विषय तथा पार्टी प्यालेससंग सम्बन्धित बहाल कर, व्यवसाय कर, फोहर मैला दस्तुर तथा व्यवस्थापन सम्बन्धमा छलफल भएको अध्यक्ष राजु महर्जनले बताए ।

    यस्तै, महानगर प्रमुख महर्जनले स्मार्ट सिटी तथा महानगरको भावी योजनाको सम्बन्धमा जानकारी गराएको संघले जनाएको छ। 

    सो भेटघाटमा संघ सचिव हिम किसोर राई, सल्लाहकार राजु महर्जन, ध्रुव अमात्य लगायत सदस्यहरू नरेन्द्र महर्जन, रोशन घिमिरेको उपस्थिति थियो ।  

    lalitpur- मञ्जली शाक्या.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij