Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा संसदीय छानबिन गर्न माग गरेका छन्।
बजेटमा अनधिकृत व्यक्तिको प्रवेशको विषयमा एमालेले प्रश्न उठाउँदा अर्थमन्त्रीले धम्कीको भाषा बोलेको भन्दै ओलीले आपत्ति जनाए ।
उनले एमालेले अन्धाधुन्ध आरोप नलगाएको भन्दै छानबिन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह समेत गरे ।
सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले उनले भने, ‘यसमा एउटा संसदीय कमिटी बनाएर छानबिन गर्नुपर्छ, त्यसको प्रतिवेदन सम्मानित संसदमा आउनुपर्छ’ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij