Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

निरन्तर वर्षा र बाढीले १०० भन्दा बढीको मृत्यु

निरन्तर वर्षा र बाढीले १०० भन्दा बढीको मृत्यु

  • बंगलादेशमा केही दिनदेखिको निरन्तर वर्षाका कारण १०० जनाभन्दा बढीको ज्यान गएको बताइएको छ । यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँका ६४ ओटा जिल्ला बाढीका कारण प्रभावित भएका छन् । ती जिल्लामा गरी १०२ जनाको ज्यान गएको छ ।

    images
    images
    images

    गत मे १७ देखि जुन २८ सम्म बंगलादेशमा देशव्यापी रुपमा वर्षा भएको थियो । त्यतिबेला नै अधिकांश मानिसको ज्यान गएको बताइएको थियो । बंगलादेशका स्वस्थ्य अधिकारीहरुले अहिले पनि यहाँका कतिपय स्थानमा बाढीको प्रकोप जारी रहेको र ठूलो संख्याका मानिसहरु विस्थापित भएको बताइएको छ ।

    त्यस्तै, बिजुली र खानेपानीका संरचनाहरु पनि बाढीले भत्काइदिएको छ । ती संरचना निर्माणको काम भइरहेको अधिकारीहरुले बताएका छन् । यहाँका प्रकोप व्यवस्थापन सम्बन्धी मन्त्री इनामुर रहमानले सरकारले बाढी पीडितहरुको उद्धार गर्न र भत्किएका संरचनाहरु बनाउनका लागि ठूलो संख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरेको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij