
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा नौ एजेण्डामाथि छलफल हुने भएको छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा आइतबारबाट जारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि नौ वटा एजेण्डा प्रस्तुत गरेका हुन् ।
तीन दिन चल्ने भनिएको बैठकमा अध्यक्ष प्रचण्डले सहिदहरू प्रति श्रद्धाञ्जली, केन्द्रीय समितिका नयाँ सदस्यको शपथ ग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेश समितिका अध्यक्ष र इन्चार्जबाट प्रदेश स्थितिबारे रिपोर्ट, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, सङ्गठनात्मक विषय र संरचनाबारे, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारी र विविध गरी नौ वटा एजेण्डा प्रस्तुत गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij