
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । भारतीय दूतावासले नेपालका विभिन्न संघसंस्थाहरूलाई एम्बुलेन्स तथा विद्यालयलाई बस प्रदान गरेको छ । भारतीय दूतावासले आइतबार नेपाललाई ७५ वटा एम्बुलेन्स र १७ वटा स्कुल बस हस्तान्तरण गरेको हो ।
भारतीय दूतावास नविन श्रीवास्तवले विभिन्न संघसंस्था तथा विद्यालयका प्रतिनिधिहरूलाई एम्बुलेन्स र बसको साँचो हस्तान्तरण गरेका थिए । उक्त एम्बुलेन्स तथा स्कुल बस हस्तान्तरण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायतको उपस्थिति रहेको भारतीय दूतावासले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij