
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । ललितपुरमा पेस्तोल र त्यसमा लाग्ने दुई राउन्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका– ८ लुभु बस्ने ५३ वर्षीय श्यामकृष्ण श्रेष्ठ रहेका छन् ।
श्रेष्ठ प्रदेश ३–०२–०१२ प ६२४१ नम्बरको स्कुटीमा इमाडोलबाट लुभु गइरहेका थिए ।
प्रहरीले शंका लागेर खानतलासी गर्दा स्कुटीको डिकीमा हतियार र गोली भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij