
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । संघीय संसदअन्तर्गत आज दुवै सदनका बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेदेखि सुरु हुनेछ । राष्ट्रियसभाको बैठक बिहान ११ बजेदेखि सुरु हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथि भएको मन्त्रालयगत छलफलका क्रमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०७९/०८० को बजेट पारित भइसकेको छ । राष्ट्रियसभाबाट पारित हुन बाँकी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij