Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चीनको चिन्ता : ‘नेकपा मिल्ने बिन्दु छैन ?’

चीनको चिन्ता : ‘नेकपा मिल्ने बिन्दु छैन ?’

  • काठमाडौं । नेकपा दुई चिरा भएको अवस्थामा नेपाल आएको उत्तरी छिमेकी चीनको विशेष टोलीले राजनीतिक भेटघाटलाई तीव्रता दिएको छ। नेपालमा कम्युनिस्ट शक्ति फुटेकामा चिन्ता लागेको आफ्ना राष्ट्रपति सी चिनफिङको सन्देश टोलीले हरेक भेटमा सुनाइरहेको छ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रपतिदेखि नेकपाका नेतासामु टोलीको नम्र जिज्ञासा छ, ‘नेकपा किन फुट्यो ? यसको फेरि मिल्ने विन्दु छ कि छैन ? प्रतिनिधिसभा विघटन अब के हुन्छ ?’ टोलीले आइतबार र सोमबारसम्म विभाजित दलका प्रमुख नेतागणसँग भेटघाट भ्याइसकेको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको विशेष टोलीले आइतबार पहिलो भेट राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुरु गरेको थियो। राष्ट्रपति भण्डारीसामु येचौले माथिका ३ जिज्ञासा राखेका थिए।

    AGNI GROUP

    राष्ट्रपति भण्डारीले नेपाल लोकतान्त्रिक बाटोबाट अगाडि बढिरहेको र त्यही बाटोबाटै सबै समस्याको समाधान गर्ने जवाफ चिनियाँ टोलीलाई दिएको राष्ट्रपति कार्यालय स्रोतले बतायो। ‘नेपाल लोकतान्त्रिक विधिबाटै अगाडि बढ्छ। हाम्रा आफ्नै नियम–कानुन छन्। प्रतिनिधिसभा विघटनको यो विषय अदालतमा छ। यसको निरुपण अदालतले लोकतान्त्रिक बाटोबाटै गर्छ,’ राष्ट्रपति भण्डारीले छलफलमा भनेकी थिइन्।

    नेपालमा देखिएको पछिल्लो राजनीतिक घटनाक्रमले दुई देशबीचको सम्बन्धमा कुनै चिसोपना नआउने राष्ट्रपतिको भनाइ थियो। केपी शर्मा ओली ०७४ फागुन ३ मा प्रधानमन्त्री भएका बखत चीनका तर्फबाट कुओ नै बधाई दिन नेपाल आएका थिए। त्यसवेला पनि उनको राष्ट्रपति भण्डारीसँग भेटवार्ता भएको थियो।

    तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताका लागि पनि कुओले केही सुझाव व्यक्त गरेका थिए। त्यस आधारमा अहिले पार्टी अगाडि बढ्न नसकेको विषयमा राष्ट्रपति भण्डारीसँग उनले परिचर्चा गरेका थिए। टोलीको अन्य नेतासँगको छलफलमा भन्दा राष्ट्रपति भण्डारीसँग बढी संवाद गरेको स्रोतलाई उदृत गर्दै अन्नपूर्ण पोष्टले खबर लेखेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट