Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

  • काठमाडौँ । दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । भगवतीमाई गाउँपालिका ७ खोरमा हिजो साँझ ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।  मृत्यु हुनेमा ट्याक्टरमा सवार स्थानीय १८ वर्षीय जगतबहादुर विक रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    विकको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका ट्याक्टरका मालिक स्थानीय ४२ वर्षीय हरिनारायण खड्कालाई उपचारका लागि जिल्ला अस्पताल दैलेखतर्फ पठाइएको छ । 

    कर्णाली प्रदेश ०२, ००१ त ०२४८ नम्बरको ट्याक्टर अनियन्त्रित भई हिजो सडकबाट अन्दाजी ५० मिटर तल खसेको अस्थायी प्रहरी पोष्ट लोहरे दैलेखले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij