
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी सधैंका लागि बन्द गर्न दुई महामन्त्रीले सुझाव दिएका छन्।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी सभापतिसमेत रहेका देउवालाई भेट गरी उनीहरुले राष्ट्रिय सहमति निर्माण गरी एसपीपीमा नेपाल आवद्ध हुन नसक्ने भनी पत्राचार गर्न आग्रह गरेका हुन् ।
एसपीपी सम्बन्धमा प्रधानमन्त्रीसँगको सो छलफलमा सरकारको तर्फबाट आवश्यक प्रक्रिया पुर्याएर यो प्रकरण सदाको लागि बन्द गर्न आफूहरुले आग्रह गरेको महामन्त्री विश्वप्रकाश शर्माले बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको पूर्वसन्ध्यामा अमेरिकी सेनाको एसपीपी कार्यक्रममा सहभािगताको विषयलाई लिएर नेपालमा विवाद छ । सरकारले भने एसपीपीमा सहभागी नहुने प्रतिवद्धता जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij