Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कामपाका सार्वजनिक स्थलमा फ्री वाइफाइको व्यवस्था

कामपाका सार्वजनिक स्थलमा फ्री वाइफाइको व्यवस्था

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थलमा फ्री वाइफाइको व्यवस्था गर्ने भएको छ ।

    images
    images
    images

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै सार्वजनिक स्थलमा फ्री वाईफाइको व्यवस्था गर्नेे घोषणा गरेका हुन् ।

    मेयर साहले महानगरभित्रका रहेका सरकारी, सार्वजनिक, निजी संस्थाहरुको परिसरमा रहेको खाली जग्गामा पानी पुनर्भरणका लागि पोखरीको निर्माण गर्ने र बोरिङ गरिँदै आएका स्थानमा रिभर्स बोरिङ गर्ने व्यवस्था मिलाउने बताएका छन् ।

    यस्तै, पुराना हिटी र पोखरीहरुको पुननिर्माण गर्ने योजना पनि महानगरले ल्याएको छ । मेयर साहले सार्वजनिक निजी साझेदारीमा सार्वजनिक शौचालयहरु सञ्चालन गर्ने नीति सेमत लिएको जानकारी दिए ।

    कामपाले यात्रुहरुको बिश्रामका लागि महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्न विभिन्न संघ संस्थालाई प्रोत्साहित गर्ने बताएका छन् । मेयर साहले महानगर आफैंले पनि यसमा लगानी गर्ने बताएका छन् । 

    यस्तै, कररदाताको स्वास्थ्य बीमाका लागि बढीमा ५० प्रतिशत अनुदान दिने मेयर साहले घोषणा गरे ।

    यस्तै, महानगरपालिकाले कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्दको अभिलेखीकरण गरेर व्यवस्थित ढंगले सञ्चालन गरिने उल्लेख छ । 

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij