
Apr 21 2025 | २०८२, वैशाख ८ गते
वीरगञ्ज । पर्सामा जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका-१ का ३५ बर्षीय उमाशंकर गिरीलाई पक्राउ गरेको हो ।
२०६९ जेठ २ गते राति १२ बजे मानसिक सन्तुलन ठीक नभएकी २६ बर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा मुद्दा परेको थियो । उनलाई जिल्ला अदालत पर्साले २०७० जेठ १७ गते ५ वर्ष कैद सजाय सुनाएको थियो ।
वडा प्रहरी कार्यालय विर्ताबाट खर्टिएको बिशेष टोलीले असार ०५ गते ११ बजे वीरगञ्ज-१ छपकैयाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij