Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

संसद्प्रति प्रधानमन्त्री उत्तरदायी नभएको भन्दै नेता रावलको आपत्ती 

संसद्प्रति प्रधानमन्त्री उत्तरदायी नभएको भन्दै नेता रावलको आपत्ती 

  • काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले मुलुकको सुरक्षामा प्रत्यक्ष सरोकार राख्ने संवेदनशील विषयमा छलफल गर्न संसदीय समितिमा प्रधाननन्त्रीको अनुपस्थितिप्रति खेद प्रस्ताव पारित गर्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    आइतबार प्रतिनिधिसभाअन्तरगत अन्तरार्ष्टिट्रय सम्बन्ध समिति बैठकमा बोल्दै नेता रावलले संसद्प्रति प्रधानमन्त्री उत्तरदायी नभएको भन्दै आपत्ती जनाएका छन् । 

    उनले प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित हुनु खेदजन भएको बताउँदै, उनले भने ’प्रधानमन्त्री संसदप्रति अनुत्तरदायी हुनुभयो । प्रधानमन्त्रीले संसदीय समितिमा आउँछु भनेर अकारण सचिवालयमार्फत आउँदिन भन्नु खेदजनक हो । समितिले खेद प्रस्ताव पारित गर्नुपर्छ,’ ।

    उक्त संसदीय समितिले एसपीपी र अमेरिका भ्रमणबारे छलफल गर्न प्रधानमन्त्रीलाई बैठकमा बोलाएको थियो । तर प्रधानमन्त्री कार्यव्यस्तता देखाउँदै समितिमा अनुपस्थित भएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij