Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

गण्डकी प्रदेशमा खेलाडीलाई बीमा व्यवस्था 

गण्डकी प्रदेशमा खेलाडीलाई बीमा व्यवस्था 

  • काठमाडौं । गण्डकी प्रदेश सरकारले राष्ट्रिय तथा प्रदेशस्तरका खेल प्रतियोगितामा भाग लिने खेलाडीको बीमा गर्ने भएको छ ।

    images
    images
    images

    प्रदेश अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट कार्यक्रममा खेलाडीको बीमा गर्ने व्यवस्था गरिएको बताए ।

    अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुने खेलाडीको स्वास्थ्य बीमाको व्यवस्था भए पनि कतिपय राष्ट्रिय र प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने खेलाडी यसबाट बञ्चित हुँदै आएका थिए । 

    यसैगरी आगामी बजेटमा राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेताका लागि प्रोत्साहनस्वरुप नगद पुरस्कारको व्यवस्था गरिएको मन्त्री बरालले बताए । सरकारले गण्डकी प्रदेशमा खेलकुद पूर्वाधार विकासका लागि रु १५ करोड बजेट विनियोजन गरेको छ ।

    प्रदेशभित्रका खेलमैदान निर्माण, मर्मत तथा स्तरोन्नति र ‘एक स्थानीय तह, एक खेलमैदान’ निर्माणलाई निरन्तरता दिँदै खेल पूर्वाधारका लागि सो बजेट छुट्याइएको जनाईएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij