
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ। आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदशीय सिरिज अन्तर्गत नेपाल अमेरिकासँग पराजित भएको छ । अमेरिकाले दिएको २४६ रनको लक्ष्य पछाएको नेपालले ४७.४ ओभरमा अल आउट हुदै २०६ रन मात्र बनाए पछि खेल ३९ रनले हारेको हो । नेपालका लागि आरिफ सेखले सर्बाधिक ६३ रन बनाए भने सोमपाल कामीले ४७ रन बनाएका थिए ।
त्यस्तै, देव खनालले ३४, आसिफ सेखले १८ र रोहित पौडेलले १६ रन बनाएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाउदै २४५ रन बनाएको थियो ।
यो हारपछि नेपालको १६ खेलमा १५ अंक रहेको छ र डिभिजन २ को अंकतालिकामा पाँचौ स्थानमा रहेको छ । त्यस्तै,अमेरिकाको २४ खेलमा २३ अंक भएको छ र अंकतालिकामा चौथोँ स्थानमा रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij