
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । आन्तरिक विवाद बढेपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को विधान सम्मेलन स्थगित भएको छ । असार २ गतेका लागि यसअघि नै तोकिएको विधान सम्मेलन अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो ।
‘अर्को सूचना नभएसम्मका लागि विधान सम्मेलन अहिलेका लागि स्थगित भएको छ’, केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीले भने । उनका अनुसार अध्यक्ष यादवसहित सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई नयाँ मिति तय गर्ने जिम्मेवारी दिइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij