Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

महोत्तरीमा एचआईभी संक्रमितको संख्या बढ्दो

महोत्तरीमा एचआईभी संक्रमितको संख्या बढ्दो

  • महोत्तरी । महोत्तरीमा एचआईभी संक्रमितको संख्या अत्याधिक बढेको छ ।पछिल्लो पाँच वर्ष को तथ्यांकले एचआईभी संक्रमितको संख्या अत्याधिक बढेको पुष्टि गरेको हो । 

    images
    images
    images

    एआरटी सेन्टर महोत्तरीका अनुसार २०७२ देखि अहिलेसम्म ४१० जनामा एचआईभी पोजिटिभ भएको छ । ४१० जनामध्य ३१० जना सक्रिय संक्रमित छन् । धेरैजसोले रोग लुकाउने भएको कारण महोत्तरीमा सयौँ संख्यामा एचआईभी संक्रमित हुन सक्ने महोत्तरीस्थित स्वास्थ्यकर्मीहरुको अनुमान छ ।२०७८ मा ६९ जनामा संक्रमित भएका छन् । अहिलेसम्म १२३ जना महिला र १७७ जना पुरुषहरुमा संक्रमण देखिएको एआरटी सेन्टर जलेश्वरले जनाएको छ ।

    यो महिनामा मात्र एचआईभी सम्बन्धित् मिल्दोजुल्दो लक्षण देखिएका २९४ जनालाइ जाँच गरिएको छ । २९४ जनामा १९४ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।तथ्यांकअनुसार बिदेशबाट काम गरेर फर्किएका ९६ जनामा पोजेटिभ देखिएको छ । गम्भीर प्रकारका एचआईभी पोजेटिभ लक्षण देखिएकाहरुमध्ये पछिल्लो ५ वर्षमा महोत्तरीमा ३० जनाको मृत्यु भएको छ ।


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij