Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक चिन्तित   

फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक चिन्तित   

  • काठमाडाैँ । फौजी किराले मकै बालीका सबै पात र गुभो खाएपछि कृषकहरु चिन्तित भएका छन् ।  उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन् ।

    images
    images
    images

    नगरको वडा नं ११, १२ र १३  क्षेत्रमा अहिले फौजी किराले हुर्किँदै गरेका मकैका पात नष्ट गरेपछि बिरुवा मर्न थालेका हुन् ।

    ‘मकैका बिरुवाका पात सबै फौजी किराले नष्ट बनायो, बिरुवा नै मर्न थालेु, त्रियुगा-१२ साधना टोलका गडुरध्वज धमलाले भने ।

    कृषि प्राविधिकको सल्लाह र सुझावअनुसार आफूहरूले विभिन्न किटनाशक औषधि प्रयोग गरेपनि प्रकोप नियन्त्रणमा आउन नकसेको त्रियुगा-१२ बोटेटोलका कुमार रेग्मी बताउँछन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij