Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

माधव नेपालको गृहजिल्लामा एकीकृत समाजवादी विजयी

माधव नेपालको गृहजिल्लामा एकीकृत समाजवादी विजयी

  • काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह जिल्ला रौतहटका ४ स्थानीय तहमा सो पार्टीले जित हासिल गरेको छ ।

    images
    images
    images

    बौधिमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा जित हासिल गरेसँगै रौतहटमा नेकपा एकीकृत समाजवादीले जितेको पालिकाको संख्या चार पुगेको हो । यो पालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रदीप यादवले ४ हजार ८१० मत प्राप्त गरेर विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार तथा बौधिमाईका निवर्तमान प्रमुख राजीवरंजन यादवले ४ हजार ६२४ मत प्राप्त गरे ।

    त्यसैगरी, उपमेयरमा नेकपा एकीकृत समाजवादीकै प्रमिलादेवी  जयसवाल निर्वाचित भएकी छन् । उनले ४ हजार ८९४ मत प्राप्त गरिन् । उनको निकटतम प्रतिद्वन्द्वी जसपाकी सैवुन खातुनले ४ हजार ४८१ मत प्राप्त गरिन् ।

    यसअघि नेकपा एकीकृत समाजवादीले गौर नगरपालिका, राजदेवी  नगरपालिका र बृन्दावन नगरपालिकामा जित हासिल गरिसकेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij