Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

वैदेशिक रोजगारीमा आबद्ध १५ महिलालाई २० साताको वित्तीय साक्षरता

वैदेशिक रोजगारीमा आबद्ध १५ महिलालाई २० साताको वित्तीय साक्षरता

  •  खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वैदेशिक रोजगारीमा संलग्न भई २० साताको वित्तीय साक्षरता कक्षा लिएका १५ जना महिलालाई तरकारी खेतीका लागि जनही एक÷एक वटाका दरले प्लास्टिक टनेल वितरण गरिएको हो । वडा नम्बर १४ बुइपाका महिलालाई प्लास्टिक टनेल वितरण गरेको छ । 


    वित्तीय साक्षरता कक्षा लिएका महिलालाई उनीहरूको मागका आधारमा प्लास्टिक टनेल प्रदान गरिएको सुरक्षित आप्रवासन परियोजना  (सामी) का कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले बताए । उपाय र सावधानीबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । वित्तीय साक्षरता कक्षामा सहभागी अन्य महिलालाई नगरपालिकाले अर्को चरणमा बाख्रापालन, कुखुरापालन र बंगुरपालनमा सहयोग गर्नेछ । बाल सेवा समाजमार्फत सञ्चालन भइरहेको सुरक्षित आप्रवासन परियोजनाको आयोजनामा भएको कक्षा लिएका महिलालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्लास्टिक टनेल प्रदान गरेको हो । प्लास्टिक टनेल बुइपाका वडाध्यक्ष दिनेश राईले महिलालाई हस्तान्तरण गरे ।

    वैदेशिक रोजगारीका क्रममा निम्तिने मानसिक समस्या हल गर्न सहभागीलाई चार साताको मनोसामाजिक परामर्श पनि प्रदान गरिएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij