
Apr 19 2025 | २०८२, वैशाख ६ गते
चितवन । चितवनमा जिल्ला समन्वय समिति (जिसस) को प्रमुख र उपप्रमुखको लागि गोलाप्रथा हुने भएको छ । पाँच दलीय गठबन्धन र नेकपा (एमाले) सँग बराबर मतदाता हुने भएपछि जिससको लागि गोलाप्रथा हुने भएको हो ।
जिसस प्रमुख र उपप्रमुखको निर्वाचनमा पालिका प्रमुख र अध्यक्ष र उपप्रमुख र उपाध्यक्षले मतदान गर्न पाउँछन् । चितवनमा जिससको निर्वाचनमा सात पालिकाका १४ जना मतदाताले मतदान गर्ने छन् । जिससको निर्वाचन जित्न कम्तिमा आठ मत ल्याउनुपर्छ ।
पाँच दलीय गठबन्धनले तीन पालिका प्रमुख र दुई उपप्रमुख जितिसकेको छ । भरतपुर महानगरको प्रमुख र उपप्रमुख पनि जित्ने पक्का भइसकेको छ । अहिले भरतपुर महानगरपालिकाको मतगणना भइरहेको छ । मत गन्न बाँकी रहेका भरतपुरका तीनवटै वडाको सबै मत एमाले-राप्रपाले पाए पनि जित्ने सम्भावना छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij