
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । पाटन नगरपालिका-९ का वडा अध्यक्ष कालुसिंह भाटले आफ्नो वडाबासी सबैको विद्युत महशुल तिरिदिने घोषणा गरेका छन् । सिद्धेश्वर मावि हुक्केडाडाँमा सोमबार आयोजित सहभोज कार्यक्रममा उनले आफू तलबका लागि नभई जनसेवाका लागि वडा अध्यक्ष बनेको दाबी गरे ।
आफ्नो कार्यकालभर इमान्दारिताका साथ काम गर्ने पनि उनले बताए । विद्युत महशुल वडाअध्यक्षले तिरिदिने भएपछि स्थानीय खुसी भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij