Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

चेलीको चीरहरण र समाजका भद्र 'पापी' हरु

चेलीको चीरहरण र समाजका भद्र 'पापी' हरु

  • सुनकुमारी थिङ 'सुसी'

    सुष्मिता रेग्मी । समाजभित्रकी एउटी पात्र । ८ वर्ष अगाडि सौन्दर्य प्रतियोगिताको नाममा पटक पटक ‘बलात्कार’ को पासोमा जकडिइन् । धेरै वर्षसम्म पलपल डिप्रेसनको दुनियामा पुगेकी उनी दुई पल्ट आत्महत्याको प्रयास गरिन् ।

    उनैले सत्यको शक्ति बोकेर बोलिन् । हजारौं युवा सडकमा उत्रिए । युवापुस्ताको आक्रोश र हुलको सुक्ष्म निगरानीपछि ‘बलात्कार’ को आरोपमा मनोज पाण्डे पक्राउमा परे । शहरबाट भ्रमणमा निस्किएका पाण्डेलाई अपराध अनुसन्धानको प्रहरी टोलीले मुक्तिनाथबाट नियन्त्रणमा लियो । 

    सुश्मिताको यो घटनाले सामाजिक संजाल तात्तिरहँदा थप एउटा घटना बाहिरिएको छ । सामाजिक संजालमा एउटी पात्र लेख्छिन्, ‘७ वर्षअघिको घटना भएकोले बाहिर निस्कने हिम्मत थिएन तर अहिले सुश्मिताका लागि जम्मा भएको जनसमुदाय देखेर म यहाँ आशा लिएर उभिरहेकी छु, अब मेरो मुद्दा बाहिर आएको छ र बलात्कारीको पर्दाफास भएको छ ।’

    ती युवतीले आफ्नो घटनालाई सार्वजनिक गर्दै लेख्छिन् । 

    घटना २०७२/७३ को आसपासको हो । म इटहरीको ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलको विद्यार्थी थिएँ । मलाई तत्कालीन खड्का थरका प्रिन्सिपलले बारम्बार ‘बलात्कार’ गरे । म होस्टेलमा बस्ने गर्थे र म कक्षा ९ मा थिएँ । तब यो सबै सुरु भयो । मलाई त्यतिबेला छातीमा समस्या देखिएको थियो । मेरो उपचारको लागि मेरो बुवाले एकपटक विदेशबाट उसको (प्रिन्सिपल) खातामा पैसा पठाउनुभयो ।

    त्यसपछि उहाँले मलाई स्कुलबाट प्रिन्सिपलको साथमा सिधै अस्पताल जान भन्नुभयो । प्रिन्सिपलले मलाई अस्पताल लैजानुको सट्टा सिधै होटेलमा लग्यो । उसले मलाई केही खान भन्यो तर मैले मानिन । म डराईरहेको थिएँ र मलाई पसिना आइरहेको थियो । उसले मलाई ‘यता आउ, यहाँ गर्मी हुँदैन्’ भन्दै कोठातिर जान भन्यो । त्यतिबेला म १५ वर्षको थिएँ । उसले कोठामा थुन्यो र ताला लगायो । मलाई चाप्लुसी स्वरमा खाना खान भन्यो, मैले फेरि मानिन् । त्यसपछि उसले मेरो स्कूलको ड्रेस च्यात्यो र मलाई ‘बलात्कार’ गर्यो ।

    उसले यसको भिडियो पनि बनायो । मलाई ब्ल्याकमेल गर्न प्रत्येक पटक त्यो भिडियो प्रयोग गर्यो । यो क्रम मेरो एसईईसम्म २ बर्ष सम्म जारी रह्यो । बाथरुम, साइन्स ल्याब, कम्प्युटर ल्याब, अफिस, होस्टेल कोठा र जहाँसुकै जहाँपनि उसले मलाई बलात्कार गर्यो ।

    उसले मलाई बिदामा पनि घर जान दिएन । घर गयो भने मेरो पढाइ खस्किन सक्छ्, त्यसैले होस्टेलमा बस्नु राम्रो हुने भनी मेरो घरमा भन्यो । म माथिको मेरो भनाई स्पष्ट पार्छु । मेरो बुबाले छोरी राम्रो पढ्दै छ र उसको लागि घर नजानु नै राम्रो हो भनी उसले मेरो अभिभावकलाई यसरी गलत विश्वास दिलायो । यो मेरो जीवनको वास्तविक कथा हो ।

    मैले मेरा साथीहरूलाई हरेक घटनाहरू भनेँ तर कसैले पत्याएनन् । म बाल्यकालदेखि नै हक्की स्वभाव र बोल्ने खालको थिएँ । त्यसैले सबैले मेरो चरित्रलाई नै दोष दिन्थे । म पीडित हुँ भनेर कसैले विश्वास गरेनन् । कसैले मेरो पक्षमा अडान लिएनन् । म मेरो युद्धमा एक्लै थिएँ । मैले यो कुरा प्रिन्सिपलकी श्रीमतीलाई पनि भने । तर उनले पनि मेरो लागि बोलिनन् । मैले स्कुलमा ३ पटक (२ वर्षभित्र) आत्महत्या गर्ने असफल प्रयास गरे । न म मरे, न मेरो समस्या समाधान भयो ।

    एसईई सकेपछि परिवारलाई यो कुरा भन्ने हिम्मत जुटाए तर न्याय पाइनँ । त्यो बलात्कारी फरार भयो । मेरो मुद्दा अझै चलिरहेको छ । ७ बर्ष भईसक्यो । तर बलात्कारी कहाँ छ ? मैले न्याय पाउने आशा गुमाए । प्रहरीलाई फलोअप गर्न छोडें । अहिले सामाजिक संजालमा न्यायको लागि हल्ला गरेको सुन्दा त्यो घटनाले बारम्बार आघात पर्छु । म एक कमजोर केटी मेरो विगत सम्झेर म रातभर रुन्छु ।
    बलात्कारी काठमाडौंकै एउटा स्कुलको प्रिन्सिपल नै भएर काम गरिरहेको सुनेको छु । न्याय पाउने आशा लिएर ७ वर्ष सम्म मभित्रै दबिएको कथा आज सेयर गर्दैछु ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij