
Apr 09 2025 | २०८१, चैत २७ गते
चितवन । भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेका छन् ।मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार रेनु दाहालको जित नजिक पुगेको छ । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । अब महानगरमा २१ हजार ६१४ मत गन्न बाँकी छ ।
प्रमुखमा माओवादी केन्द्रकी दाहाल नौ हजार ९३० र कांग्रेसका अधिकारी १८ हजार ३२५ मतले अगाडि छन् । प्रमुखमा दाहालले ४३ हजार ७४३, एमालेका विजय सुवेदीले ३३ हजार ८१३ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नथ पौडेलले १३ हजार ३७७ मत पाएका छन् ।
उपप्रमुखमा अधिकारीले ४५ हजार ७४, राप्रपाका हिमला गुरुङले २६ हजार ७४९ मत ल्याएका छन् ।प्रमुखमा दाहाल र उपप्रमुखमा अधिकारी जित नजिक पुगेका हुन् । हाल वडा नम्बर २३ र २५ को मत गणना भइरहेको छ । महानगर पालिकामा २९ वडा छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij