
Apr 08 2025 | २०८१, चैत २६ गते
बारा । बाराको महागढीमाई नगरपालिकाको मेयरमा पुनः नेपाली कांग्रेस विजयी भएका छन् । पुनःविजयी हुनेमा कांग्रेसबाट उपेन्द्रप्रसाद यादव (उपन यादव) र तारादेवी कानु विजयी भएका छन् ।
निवर्तमान मेयरसमेत रहेका यादवले ८६७० मत ल्याएर विजयी भएका हुन् । उनले १ हजार २ सय ९४ मतको मतान्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट मेयर उम्मेदवार रामबाबु यादवले ७,३७६ मत ल्याएका छन् ।
उपमेयरमा पुनः दोहोरिएकी तारादेवी कानुले ७,९९७ मत प्रात गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी पुस्पान्जली देवीले ७,०१० मत पाइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij