
Apr 19 2025 | २०८२, वैशाख ६ गते
धरान । धरानमा ३० हजार मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले मतान्तर बढाएका छन् । मध्याह्न १२ बजेसम्म ३० हजार ४५९ मतगणना सकिदा साम्पाङले ८८१८ मत प्राप्त गरेका छन् ।
गठबन्धनका मेयर उम्मेदवार किशोर राईले ८६७८ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ७०६६ मत प्राप्त गरेकी छिन् ।
धरानको वडा १, २, ३, ४, ५, ६, ७, ९, १०, १८ र १९ को मतगणना सम्पन्न भइसकेको छ । अहिले वडा नं ८, ११ र १२ को मतगणना जारी छ । वडा नं २० को विवादका कारण मतगणना स्थगित गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij